Nirvik Khabar

प्रदीप गिरीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरीको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ ।१६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस