Nirvik Khabar

सदनबाट आजै नागरिकता विधेयक पारित हुँदै

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार प्रतिनिधि सभाबाट पारित गर्ने सत्ता गठबन्धनको तयारी छ । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई आज सांसदले पारित गर्दैछ ।

राष्ट्रपति भण्डारीले उक्त विधेयकमा रहेको केही प्रावधानबारे पुनर्विचार गर्न उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर विधेयक जस्ताको तस्तै अघि बढाउने सत्ता गठबन्धनमा आबद्ध दलहरूले समझदारी गरेका छन्।

सत्ता गठबन्धनको निर्णयपछि गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा संसद्ले विधेयक पारित तयारी थालेको छ। आज प्रतिनिधि सभामा गृहमन्त्रीले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्दै छन् । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारितको कार्यसूची छ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available