Nirvik Khabar

होबार्टमा ‘प्रकाश सपुत लाइभ इन फन्डरेजिङ’ कार्यक्रम अगस्ट २३ मा

होबार्ट  । नेपाली समाज तास्मानियाले अगस्ट २३ तारिखमा होबार्टको मुनाह कला केन्द्रमा प्रकाश सपुत लाइभ इन होबार्ट फन्डरेजिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।  प्रकाश सपुत लाइभ इन फन्डरेजिङ कार्यक्रमबाट उठेको रकम नेपालको कुनै एक दुर्गम क्षेत्रका विद्यालयका बालबालिकाहरुको स्टेशनरी र पोसाकको लागि उपलब्ध गराउने समाजका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।

प्रकाश सपुत लाइभ इन फन्डरेजिङ कार्यक्रम मात्र नभई नेपाली लोक सङ्गीतलाई प्रवर्द्धनका लागि गरिएको सांस्कृतिक कार्यक्रम पनि हो । संस्थाका महासचिव तथा कोष संकलनकर्ता अस्मिन घिमिरेले भने, ‘हामीले यो कार्यक्रमबाट कम्तीमा ३ हजार डलर उठाउने योजना बनाएका छौँ ।कार्यक्रममा सहभागी भई मातृभूमिमा समाज सेवा गर्ने हाम्रो प्रयासमा सहयोग गर्न  तास्मानियाबासी सबैमा  आग्रह गर्दछु ।’

https://www.facebook.com/100070252060092/videos/453060350033920

प्रकाश सपुत लाइभ इन फन्डरेजिङ कार्यक्रममा सहभागी हुन् यो लिङ्कमा गएर २० डलरको टिकट लिन सक्नुहुन्छ । अथवा ०१४०४९५४४६५ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ । गत  बर्षपनि  संस्थाले  दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहयोगार्थ फन्डरेजिङ कार्यक्रम गरेको थियो ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस