चितवन – राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’ ले चितवनमा पनि सेवा सुरु गर्ने भएको छ ।चार वर्ष अघि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओले आफ्नो सेवा चितवनमा पनि विस्तार गर्ने भएको हो । पठाओले आफ्नो फेसबुक पेजमार्फत छिट्टै चितवनमा पनि सेवा हुने जानकारी दिएको छ ।
चितवनमा राइडर बन्न इच्छुकलाई सम्पर्क गर्न पनि पठाओले आग्रह गरेको छ । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ २०१९ को अगस्टदेखि ट्याक्सी सेवा गरेको थियो । अहिले सेवा सुरु गर्ने प्रक्रिया चलिरहेको पठाओले जानकारी दिएको छ । पठाओले हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको छ ।
Discussion about this post