Nirvik Khabar

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी अस्पतालभित्रै थुनिए

काठमाडौं । चितवनकोभरतपुर अस्पतालमा स्वास्थ्यकर्मी अस्पतालभित्रै थुनिएका छन् ।

भरतपुर महानगरपालिका- १५ का एक बालकको उपचारमा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनेका हुन् ।

उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न चिकित्सकहरूलाई अस्पतालभित्रै थुनेका हुन्।

उपचारमा संलग्न चिकित्सक तथा नर्सको लापरवाहीका कारण बालकको मृत्यु भएको पीडीत पक्षको आरोप छ ।

शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पताल लगिएको थियो । उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस