मेलबर्न। अष्ट्रेलिया सरकारले भिसा प्रक्रियालाई छिटो-छरितो बनाउने घोषणा गरेको छ। अष्ट्रेलियाका लागि इमिग्रेसन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो।
विज्ञप्तिमा भनिएको छ, “भिसा प्रक्रियालाई छिटो-छरितो बनाउनु अहिलेको सरकारको प्राथमिकतामा रहेको छ। भिसा आवेदनको चाप र प्रक्रियामा भइरहेको ढिलाईलाई मध्यनजर गर्दै इमिग्रेसन मन्त्रालयले होम अफेयर्स विभागलाई स्टाफ थप गरी समस्या समाधान गर्न निर्देशन दिएको छ। ”
उक्त विज्ञप्तिमा विद्यार्थी भिसा, भिजिटर भिसा र टेम्पोररी स्किल्डलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ। कोभिड महामारी पछिको यो समयमा अष्ट्रेलियाको अर्थतन्त्रलाई टेवा पुर्याउने हुँदा यी भिसालाई प्राथमिकतामा राखिएको हो। गत जुन २०२२ देखि यता ३ लाख ८८ हजार भिजिटर भिसा, ६२ हजार विद्यार्थी भिसा र ९ हजार ५ सय ५० टेम्पोररी स्किल्ड भिसा स्वीकृत भएको विज्ञप्तिमा उल्लेख छ।
Discussion about this post