चितवन । चितवनमा श्रीमान्ले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान्ले घाँटीरेटी हत्या गरेको स्थानीयले बताएका छन् ।
राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमान्ले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी श्रीमानले हाम फालेर आत्महत्या गरेको बताइएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।
Discussion about this post