Nirvik Khabar

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने

काठमाडौं । संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो ।

तर अर्थ मन्त्रालयले सीसीटीभीको हार्डडिक्स नै पठायो, जसमा असारको मात्र फुटेज भेटिएको छ । १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ । समितिले भने यसरी मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएको थियो ।

विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए । समितिको मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस