Nirvik Khabar

मूल्य घटेर आउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ घाटा

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपनि पेट्रोलमा घाटा कायमै रहेको जनाएको छ। निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ प्रतिलिटर घाटा रहेको हो । यस्तै डिजेलमा २१.९२ रुपैयाँ तथा ग्यासमा पनि प्रतिसिलिन्डर ५८२ रुपैयाँ ४२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

यद्यपी हवाई इन्धनमा भने केही नाफा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब १६ कारोड घाटा हुने देखिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको खरिद लागत १९५ रुपैयाँ १९ पैसा रहेको छ भने हालको बिक्रीमूल्य १८१ रुपैयाँ छ । यस्तै डिजेलको खरिद लागत १९३ रुपैयाँ ९२ पैसा हुँदा हालको बिक्रीमूल्य १७२ रुपैयाँ रहेको छ । यस्तै ग्यास २३८२.४२ रुपैयाँमा किनेर निगमले १८०० रुपैयाँमा बेच्दै आएको छ ।

निगमले पेट्रोलियम पदार्थ खरिदवापत भुक्तानी गर्नुपर्ने बक्यौता रकमलाई घटाउनका लागि सरकारले ७ अर्ब रुपैयाँ ऋण दिने निर्णय भएको जानकारी दिएको छ । यस्तै पूर्वाधार विकास शुल्क बापत जेठ महिनाको ५९ करोड पनि फिर्ता दिने निर्णय भएको निगमले जनाएको छ । साथै निगमले ३ अर्ब ऋण पनि लिने प्रक्रियामा रहेकाले आपूर्ति व्यवस्था सहज गर्न सकिने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस