Nirvik Khabar

थानेश्वर गौतमकाे एउटा कथा बजारमा

डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए ।प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्री परियारले स्वर दिएका थिए । लाखौं टिकटक बनेको उक्त गीतले अहिलेसम्म ७५ लाख बढी भ्युज पाइसकेको छ, युट्युबमा ।

यतिबेला सोही गीतको अध्याय २ का रुपमा नयाँ गीत सार्वजनिक भएको छ- एउटा कथा । गीतकार उही, संगीतकार उही । गायक/गायिका पनि उही । अर्थात, प्रभाकै शब्द, थानेश्वरको संगीत, थानेश्वर र शान्तीश्रीको स्वरमा शुक्रवार रातिमात्रै ‘एउटा कथा’ गीत सार्वजनिक गरिएको हो ।यो गीतलाई एरेन्ज कमल सौरागले गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

जीवन्त अभिनयका कारण चिनिएका माओत्से गुरुङले निर्देशन गरेको गीत थियो ‘छुट्नलाई पो रैछ क्यारे ।’ यसपटक ‘एउटा कथा’ लाई भने रामजी लामिछानेले निर्देशन गरेका छन् ।रामजी पनि चलचित्रका गीतदेखि लोक, आधुनिक गीतसम्ममा रुचाइएका निर्देशक हुन् । यसपटक भिडियोमा मुख्य मोडलसमेत दोहोरिएका छन्, अभिनेता पुष्प खड्का । साथमा, अभिनेत्री रुबिना थापा र मोडल सुधीर श्रेष्ठको भिडियोमा अभिनय छ ।

काठमाडौंभित्रैका विभिन्न स्थानहरूमा मानकृष्ण महर्जनले भिडियो खिचेका हुन् भने बन्दे प्रसादले त्यसको सम्पादन गरेका हुन् ।सर्जक, कलाकार, निर्देशक एवं प्राविधिकहरूलगायत गीतसँग जतिपनि जोडिएका छन्, ती सबैको एकमुष्ठ कौशलको परिणाम हो –एउटा कथा ।

गीतमा प्रेम जोडीको फरक खालको प्रेमकथा प्रस्तुत गरिएको छ । शब्दहरू निकै मर्मस्पर्शी छन् ।भिडियोको परिकल्पना उत्तिकै मर्मस्पर्शी लाग्छ । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतले भ्युज विस्तारै बढाउँदै लगेको छ । गीतमा आएका सकारात्मक प्रतिक्रिया आएका छन् ।धेरैले गीत मर्मस्पर्शी लागेको उल्लेख गरेका छन् । कतिपयले १५ मिनेटको यो गीत छोटो भएको समेत प्रतिक्रिया दिएका छन् । श्रोता दर्शकको प्रतिक्रियाले गीत निर्माण टिम उत्साहित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस