Nirvik Khabar

नवलपुरको बुलिङटारमा काकाद्धारा भतिजमाथी बन्चरो प्रहार, अवस्था गम्भिर

नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् ।

घरमा खाना खाइरहेका देवराम माथी काका पदमले पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीचौकी बुलिङटारले जनाएको छ ।बन्चरो प्रहारबाट गम्भिर घाइते भएका कुमाललाई थप उपचारका लागि पोखरा तर्फ पठाइएको स्थानीय विष्णुबहादुर कुमालले बताउनुभयो ।

बुलिङटारबाट तनहुँको मधुवनसम्म घाइतेलाई बोकेर लगिएको र त्यहाबाट एम्बुलेन्स मार्फत पोखरा पठाइएको उहाँले बताउनुभयो । भतिजमाथी बन्चरो प्रहार गर्ने पदम बहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस