Nirvik Khabar

सहकारी अभियानलाई प्रभावकारी बनाउन माग

चितवन, असार ११–

सहकारी अभियानलाई प्रभाकारी बनाउन चितवनका सहकारी संचालकले प्रदेश सरकारसंगमाग गरेका छन् । सहकारी अनुगमनको संयन्त्र बनाएर त्यसको माध्यमबाट सहकारीको समस्या, चुनौती र समाधानका लागी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

बागमती प्रदेश सहकारी बिकास बोर्डले आयोजना गरेको जिल्ला स्तरीय सहकारी गोष्ठिमा सहभागी जिल्लाका विषयगत सहकारी संघले समस्या र गुनासो राखेका थिए । विभिन्न सात वटा बस्तुगत सहकारी संघले सहकारी कर्जा सूचना केन्द्रको माग गरेका छन् । त्यस्तै एक सहकारी एक उत्पादन, सहकारी एकीकरण प्रभावकारीता बनाउन माग गरे ।

कार्यक्रममा बागमती सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारीलाई उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनीहरुले सहकारी भ्रमण प्रभावकारी नहुँदा फजुल खर्च मात्रै भएको गुनासो गरेका थिए । सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा , मन्त्रालयका रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीले मन्त्रालय अन्तरगत भएका गतिविधि बारे जानकारी गराए ।

कार्यक्रममा चितवनका सात वटा वस्तुगत सहकारी संघका अध्यक्ष, पदाधिकारी, संचालक गरी ४५ जना सहभागी भएको जिल्ला सहकारी संघका ब्यवस्थापक विनोद खतिवडाले बताए । कार्यक्रमको संयोजन गरेको जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस