Nirvik Khabar

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस