राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ।बैठकमा सबै दलका शीर्ष नेतृत्व सहभागी हुने रास्वपाले जनाएको छ। भोटेकोसी बाढीले गरेको विनासपछि सभापति लामिछानले यसअघि पनि दुईपटक सर्वदलीय बैठक बोलाइसकेका छन्।

































Discussion about this post