Skip to main content

Nirvik Khabar

धनकुटामा १२४० किलो गाँजासहितको ट्रक बरामद, चालक फरार

Advertisements
Single Page Long - 2

धनकुटाको साँगुरीगढी गाउँपालिका-७ फेदीस्थित कोसी लोक मार्गमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति प्रहरी चौकी मूलघाट र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मूलघाटको संयुक्त चेकिङ टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई रोक्न खोजेको थियो।

चेकिङका क्रममा ट्रक चालक गाडीबाट हामफालेर फरार भएपछि शंकास्पद मानी जाँच गर्दा ठूलो मात्रामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

ट्रकको पछाडि डालामा फल्स बटम (नक्कली भुइँ) बनाई लुकाइछिपाई राखिएको अवस्थामा सेतो प्लास्टिकको बोरासहित १२४० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस