Nirvik Khabar

BIT अध्ययनका लागि गैंडाकोटमा खुल्यो NIT कलेज

Advertisements
Single Page Long - 2

 

गैंडाकोट— काठमाडौँ विश्वविद्यालय (KU) बाट सम्बन्धन प्राप्त NIT कलेज गैंडाकोटमा स्थापना भएको छ। सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित कलेजले Bachelor in Information Technology (BIT) कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आधुनिक प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै NIT कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप विकासमा जोड दिने जनाएको छ। साथै ‘Earn While You Learn’ अवधारणाअन्तर्गत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूसँग सहकार्य गरी अध्ययनकै क्रममा इन्टर्नशिप तथा कार्यानुभवको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।

गैंडाकोट, चितवन तथा आसपासका जिल्लाका विद्यार्थीहरूका लागि BIT अध्ययनको उत्कृष्ट गन्तव्यका रूपमा NIT कलेज स्थापित हुने अपेक्षा गरिएको छ।गुणस्तरीय आईटी शिक्षा, आधुनिक पूर्वाधार तथा उद्योगसँगको सहकार्यले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने कलेजको विश्वास छ।

हाल शैक्षिक सत्र २०८३/८४ (२०२६) का लागि BIT कार्यक्रममा भर्ना खुला गरिएको कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस