राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सरकारले नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले निर्धारित समयअघि नै नतिजा प्रकाशित गरेको हो। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो ।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये तीन लाख ३२ हजार २४१ जना नियमित र ८५ हजार ९२९ जना आंशिकतर्फका विद्यार्थी रहेका थिए।
यस वर्ष नतिजा प्रकाशनमा बोर्डले तुलनात्मक रूपमा छिटो काम गरेको देखिएको छ। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो।































Discussion about this post