आगलागी भएको भारतको राजधानी दिल्लीस्थित एक होटलभित्र अँगालो मारेको अवस्थामा एक जोडीको शव फेला परेको छ।गत बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको फ्लोरिस स्टे होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको थियो।आगलागी भएको भारतको राजधानी दिल्लीस्थित एक होटलभित्र अँगालो मारेको अवस्थामा एक जोडीको शव फेला परेको छ।गत बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको फ्लोरिस स्टे होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको थियो।तीमध्ये एक अफ्रिकी जोडी बाथरुमभित्र एकअर्कालाई अँगालो हालेको अवस्थामा मृत भेटिएका हुन्।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार महिला शौचालयको सिटमा बसिरहेकी थिइन् भने उनका पति नजिकैको कुर्सीमा बसिरहेका थिए। उनीहरूले एकअर्कालाई बलियोसँग समातेका थिए, महिलाको टाउको पतिको काँधमा थियो। निसासिएर दुवै जनाको मृत्यु भयो।स्थानीयका अनुसार त्यो दम्पती बच्चा चाहन्थ्यो र नजिकैको अस्पतालमा टेस्ट-ट्युब प्रक्रिया गराउन फ्लोरिस स्टे होटलमा बसेको थियो। गत बुधबार दिल्लीको समयअनुसार बिहान ८:३० बजेतिर फ्लोरिस स्टे होटलमा आगलागी भएको थियो। जसमा परी २१ जनाको मृत्यु भयो भने २८ जना घाइते भएका छन्। मृतकमध्ये ११ जना विदेशी र १० जना भारतीय थिए।विदेशीमध्ये नौ जना अफ्रिकी देशका नागरिक थिए।
दिल्ली फायर सर्भिसका अनुसार होटलको पाँचतले भवनमा आगलागी भएको हो।प्रवेश गर्ने र बाहिरिने एउटा मात्र भर्याङ थियो। सबै झ्याल बन्द थिए, जसले गर्दा भित्र फसेकाहरू भाग्न पाएनन्।तीमध्ये एक अफ्रिकी जोडी बाथरुमभित्र एकअर्कालाई अँगालो हालेको अवस्थामा मृत भेटिएका हुन्। भारतीय अनलाइन दैनिक भास्करका अनुसार महिला शौचालयको सिटमा बसिरहेकी थिइन् भने उनका पति नजिकैको कुर्सीमा बसिरहेका थिए। उनीहरूले एकअर्कालाई बलियोसँग समातेका थिए, महिलाको टाउको पतिको काँधमा थियो। निसासिएर दुवै जनाको मृत्यु भयो।स्थानीयका अनुसार त्यो दम्पती बच्चा चाहन्थ्यो र नजिकैको अस्पतालमा टेस्ट-ट्युब प्रक्रिया गराउन फ्लोरिस स्टे होटलमा बसेको थियो। गत बुधबार दिल्लीको समयअनुसार बिहान ८:३० बजेतिर फ्लोरिस स्टे होटलमा आगलागी भएको थियो। जसमा परी २१ जनाको मृत्युभयो भने २८ जना घाइते भएका छन्। मृतकमध्ये ११ जना विदेशी र १० जना भारतीय थिए।
विदेशीमध्ये नौ जना अफ्रिकी देशका नागरिक थिए।दिल्ली दिल्ली फायर सर्भिसका अनुसार होटलको पाँचतले भवनमा आगलागी भएको हो।प्रवेश गर्ने र बाहिरिने एउटा मात्र भर्याङ थियो। सबै झ्याल बन्द थिए, जसले गर्दा भित्र फसेकाहरू भाग्न पाएनन्।


































Discussion about this post