जापानमा हुने एसियाली खेलकुदमा स्थान बनाउन नेपालले चीनलाई जितका लागि ५१ रनको लक्ष्य दिएको छ। मलेसियाको वायोमास ओभलमा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको योगफल तयार पारेको हो। एसियाली खेलकुदमा पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा नेपाली टोली संघर्षपूर्ण अवस्थामा छ।आजको खेलमा चीनलाई हराउन नसके नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदबाट बाहिरिनेछ।
तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल ७ ओभरमा छोट्याइएको थियो। तेस्रो स्थानका लागि जारी खेलमा नेपाल सुरुवातबाटै चीनसँग दबाबमा परेको थियो। कविता कुँवर २२ र रुविना क्षेत्री ३ रनमा अविजित रहे। कविताले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन्।
कप्तान इन्दु बर्मा ११ रनमा क्याच आउट भइन्। उपकप्तान पूजा महतो दोस्रो ओभरमै १ रन बनाउँदा क्याच आउट भइन्।सम्झना खड्का ५ र रुवि पोडार शून्य रनमै आउट भए। सोनी पाख्रिन ५ रनमा रिटायर्ड आउट भइन्। चीन जवाफी ब्याटिङमा छ।


































Discussion about this post