लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस मनाउन दुई दिन विभिन्न कार्यक्रम गरिने भएको छ। यसका लागि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसका अवसरमा यही जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन गरिनेछ। यसै दिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ गरिने कार्यक्रम छ।
यसैगरी जेठ १५ गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइनेछ।कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागी हुने जनाइएको छ।
प्रदेश सरकारले हरेक वर्ष गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य, संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँग जोडेर मनाउने गरेको छ।


































Discussion about this post