Nirvik Khabar

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, राष्ट्रपतिलाई सम्बोधनका लागि पत्राचार

Advertisements
Single Page Long - 2

प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवसको आयोजना हुने समारोहलाई सम्बोधन नगर्ने भएका छन्। समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई पत्राचार गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसको समारोहमा सम्बोधनका लागि अनुरोध गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारले राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिष्को कार्यालय स्रोतले जनाएको छ।

‘गणतन्त्रको प्रतिक राष्ट्रपति भएकाले उहाँले बोल्न उपयुक्त हुन्छ भन्ने कुरा अनौपचारिक रुपमा भइरहेको थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले भन्यो, ‘अहिले भने मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध पत्र पठाइएको हो।’गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए।

यस पटकको गणतन्त्र दिवस समारोहमा भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि अनुरोध गरिएको हो। गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह सहभागी हुने स्रोतको भनाइ छ। प्रधानमन्त्री शाहले संसद्मा पनि बोलेका छैनन्। राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसका लागि संसद्मा प्रधानमन्त्रीले धन्यवाद दिने परम्परा छ। तर, यस पटक प्रधानमन्त्री शाहले धन्यवाद प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस