Nirvik Khabar

बस र ट्रकको ठक्करबाट स्कुटर र मोटरसाइकल चालकको मृत्यु

Advertisements
Single Page Long - 2

मकवानपुर र धादिङमा बस र ट्रकको ठक्कर २ जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-२ सिखरकटेरीमा बा.प्र.०१-००६ ख ९६११ नम्बरको बसले ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका-२ लामिडाँडा बस्ने ५५ वर्षीय दोर्जेरत्न हेमजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।त्यसैगरी धादिङको थाक्रे गाउँपालिका-२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

ना.३ ख ४९५५ नम्बरको ट्रकले बा.प्र.०२-०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाको गोरखा नगरपालिका-७ बस्ने २५ वर्षीय आदर्श श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस