Nirvik Khabar

यी कारण देखाउँदै सरकारले रोक्यो सार्वजनिक सवारीको नयाँ दर्ता

Advertisements
Single Page Long - 2

सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ।यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालय र देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न भनेको हो।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ भएको भन्दै विभागले नयाँ दर्ता रोक्ने निर्णय गरेको हो‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले कुनै किसिमका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था छ।

सोही कानुनी व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधन (विद्युतीय सार्वजनिक सवारीसाधन समेत) को नयाँ दर्ता रोक्न सातै प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस