आज सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ। सुनको मूल्य आज तोलामा ५८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा ३८ सय रुपैयाँ घटेको थियो भने चाँदीको भाउ पनि घटेको थियो।
हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो। त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १७५ रुपैयाँ बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ८८० रुपैयाँ थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post