Nirvik Khabar

बीपी, अरनिको र कान्ति लोकपथ पहिरोले अवरुद्ध हुँदा यात्रीलाई सास्ती

Advertisements
Single Page Long - 2

वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्। बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका तीन खण्ड यतिबेला पहिरोले पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्। काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। त्यहाँ पनि सवारी आवागमन पूर्णरूपमा रोकिँदा यात्रुले दुःख पाएका छन्। उता लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।

त्यसैगरि ललितपुरको बागमती गाउँपालिका ३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका ८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ। त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन्। त्यसैगरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ। पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस