Nirvik Khabar

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

Advertisements
Single Page Long - 2

भरतपुर । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भरतपुर–१ स्थित वागीश्वरीमा भोलिदेखि हुन लागेको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा कलशयात्रा गरिएको छ । गण्डकी नारायणी महाआरती स्थलबाट वागीश्वरी मन्दिरसम्म आज बिहान कलशयात्रा गरिएको हो । कलशयात्रा सुरु गर्नुअघि गंगा पुजन गरिएको थियो । आज गंगा अवतरण भएको दिन पनि हो । कलशयात्रामा महायज्ञ संयोजक प्रेमनिधी भारद्धाज, प्रमुख संरक्षक योगी श्रीषनाथ, संरक्षक योगी बलभद्रनाथ लगायत सहभागी थिए । कलशयात्राले वागीश्वरी मन्दिर र गौशालाको परिक्रमा गरेको थियो । भोलि वैशाख १८ गते गोरखनाथ जयन्ती तथा बुद्ध जयन्तीको दिनबाट महायज्ञ औपचारीक रुपमा यज्ञ सञ्चालन हुँदै छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो । महायज्ञका संयोजक प्रेमनीधि भारद्धाजले योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्प अनुसार महायज्ञ हुन लागेको बताए । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पुरा हुन पाएको थिएन । यो यज्ञ पूर्णरुपमा वैदिक यज्ञ रहेको बताउँदै उनले धन संग्रह गर्ने लक्ष्य नरहेको स्पष्ट पारे । योगी नरहरिनाथले गरेको संकल्प पुरा गर्नु आफुहरुको अन्तिम लक्ष्य रहेको उनले बताए । आवश्यकता अनुसार हवन सामाग्री उपलब्ध गराएर सहयोग गर्न भने उनले अनुरोध गरे । उनका अनुसार महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पुजन गरिनेछ । आश्रमका प्रधान संरक्षक एवम् योगी नरहरिनाथका उत्तराधिकारी योगी श्रीषनाथले राष्ट्रकल्याण र राष्ट्र शान्तिका लागि कोटिहोम महायज्ञ गर्न लागिएको बताए । ‘गोरखनाथको महामन्त्रद्धारा गरिने यो कोटिहोमले देशमा उश्रृङ्खल गतिविधि रोक्न मद्धत गर्नेछ’, उनले भने । ५९ दिनसम्म चल्ने महायज्ञमा ब्राह्मणहरुबाट निरन्तर हवन, तर्पण र मार्जन लगायतका अनुष्ठान, अतिरुद्री, सहस्रचण्डी, ब्रह्म गायत्री मन्त्रद्धारा लक्षहवन, श्रीशिवमहापुराण, श्रीमद्भागवत महापुराण लगायतका महापुराणहरु हुनेछन् । त्यस्तै, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौ कथा प्रवचन हुनेछ भने पाँच सरे सवा करोड दीप प्रज्वलन गरिने उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस