पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा सातामा दुई दिन बिदा दिने नीतिले बिरामीको बिजोग हुन थालेको बताएका छन्।बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री पौडेलले आफू स्वास्थ्यमन्त्री रहँदा सार्वजनिक बिदाका दिनमा समेत उपचार सेवालाई निरन्तरता दिने प्रक्रिया अघि बढाएको स्मरण गराउँदै अहिले सातामा २ दिन ओपीडी बन्द गरिँदा बिरामी मर्कामा परिरहेको बताएका हुन्।
त्यसैले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित नगर्न र आफ्नो पालामा गरिएका सुधारलाई निरन्तरता दिन उनले वर्तमान सरकारसँग अपिलसमेत गरेका छन्।
‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ’, पूर्वस्वास्थ्यमन्त्री पौडेलले लेखेका छन्, ‘यस दिशामा हिजो हामीले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गर्दछु।’


































Discussion about this post