Nirvik Khabar

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

Advertisements
Single Page Long - 2

उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काको घरमा आज बिहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।छिमेकी नगरपालिका त्रियुगा, चौदण्डी गढीका दमकल, प्रहरी तथा स्थानीय जनताको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुलेको छैन । आगलागीबाट ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस