Nirvik Khabar

काठमाडौँ आउँदै गरेको ट्रक कान्तिलोकपथमा दुर्घटना, १ युवकको मृत्यु, चालक गम्भीर घाइते

Advertisements
Single Page Long - 2

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छदुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्।हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक बिहान गएराति २स्५० बजे अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएपछि करिब १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। उनलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।त्यसैगरी ट्रक चालक सोही स्थानका करिब ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ।

दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट जितपुर भञ्ज्याङबाट गएको प्रहरी टोली र लेनडाँडा सुरक्षा बेसबाट खटिएको नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।ट्रकले ठक्कर दिँदा स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको भए पनि घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको डीएसपी बोगटीले बताए।उक्त ट्रक वीरगञ्जबाट काठमाडौँतर्फ सामान बोकी जाँदै गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस