Nirvik Khabar

वीरगन्जको एक होटलमा भेटियो पुरुष र महिलाको शव, सनाखतको प्रयास हुँदै

Advertisements
Single Page Long - 2

वीरगन्जको एक होटलमा एक पुरुष र एक महिलाको शव फेला परेको छ।प्रहरीले उनीहरू भारतीय नागरिक र नातामा दम्पती भएको आशंका गरे पनि शवको सनाखत हुन सकेको छैन।

वीरगन्ज महानगरपालिकाको भानुचोकमा रहेको नवदुर्गा लजमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनीहरू तीन दिनदेखि त्यहाँ बस्दै आएका होटल सञ्चालकले बताएका छन्। आइतबार बिहान अबेलासम्म नउठेपछि खोजी गर्दा उनीहरू झुन्डिएको अवस्थामा फेला परेका प्रहरीको भनाई छ। प्रहरीका अनुसार पुरुष करिब ४० वर्षीय र महिला ३५ वर्षीया छन्।  उनीहरूको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस