Nirvik Khabar

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता

काठमाडौँ । विश्वभरका ७०० भन्दा बढी ह्याकर तथा क्लाउड सेक्युरिटी इन्जिनियर सहभागी रहेको प्रतिष्ठित ‘Wiz Cloud Security Championship’ मा फोर्ब्स कलेज चितवनका दुई प्रतिभाशाली विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीले उत्कृष्ट सफलता हात पार्दै क्रमशः विश्वकै २२औँ र २९औँ स्थान हासिल गर्न सफल भएका छन्।

क्लाउड सुरक्षामा आधारित यो एक वर्षे वैश्विक प्रतियोगिता AWS, GCP, Kubernetes जस्ता प्लेटफर्ममा पहिचान हुने वास्तविक सुरक्षा कमजोरीका आधारमा हरेक महिना नयाँ ‘क्याप्चर द फ्ल्याग (CTF)’ चुनौती प्रदान गर्ने अत्यन्त प्रतिस्पर्धात्मक कार्यक्रम हो। अहिले प्रतियोगिताको छैटौँ महिना चलिरहेको छ।
२४ वर्षीय रञ्जन मरासिनी ‘Noob Injected’ नामबाट प्रतिस्पर्धा गर्दै आएका छन्। सुरुवातमा ७०औँ स्थानभन्दा तल रहे पनि अघिल्लो महिनामा सबैभन्दा कठिन मानिएको Kubernetes चुनौती सफलतापूर्वक समाधान गरेपछि उनी २२औं स्थान प्राप्त गर्न सफल भए।त्यस्तै, विदिशा सुवेदीले पनि उत्कृष्ट क्षमताको प्रदर्शन गर्दै २९औँ स्थान हासिल गरेकी छन्। हिमालै बराबर चुनौतीपूर्ण मानिने क्लाउड सुरक्षा क्षेत्रमै महिला प्रतिस्पर्धीले यस्तो उपलब्धि हासिल गर्नु नेपालका लागि गर्वको विषय बनेको छ।
सो प्रतियोगितामा नेपालबाट थोरै विद्यार्थीले विशेष निमन्त्रणा र छनोट प्रक्रियामार्फत भाग लिन पाएका छन्। दुवै विद्यार्थीले फोर्ब्स कलेज चितवनमा साइबर सिक्युरिटीमा अध्ययन गरेका हुन्, जहाँ उनीहरूले क्लाउड सुरक्षा, एथिकल ह्याकिङ, नेटवर्क डिफेन्सजस्ता विषयहरूमा शिक्षा प्राप्त गरेका छन्।प्रतियोगिता उत्कृष्ट प्रदर्शनकर्तालाई इजरायल र अमेरिकामा मुख्यालय रहेको Wiz कम्पनीमा रोजगारीका अवसर, विश्वस्तरीय च्याम्पियनशिप बेल्ट तथा आकर्षक पुरस्कार प्रदान गर्नेछ।

दुवैले आगामी चरणहरूमा अझ कडा प्रतिस्पर्धा गर्दै विश्वको शीर्ष १० भित्र पर्नेको लक्ष्य राखेको बताएका छन्।फोर्ब्स कलेज चितवनले दुवै विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल करियरका लागि शुभकामना व्यक्त गरेको छ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस