विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ बोलको गीत यसवर्षको सर्वाधिक हेरिने तीज गीत बनेको छ। १२ दिनअघि सार्वजनिक यस गीतले अहिलेसम्म युट्युवमा ७३ लाख भ्युज पाएको छ।विष्णुको यस गीतले अरु वर्षजस्तो खासै चर्चा नपाए पनि छोटो समयमा लोभलाग्दो भ्युज पाएको हो।केही दिनअघि एलिना चौहानको तीज गीत ‘छोरीको शिर आमा’ भ्युजको आधारमा अगाडि थियो। तर, तीजको संघारमा विष्णुकै गीतले सर्वाधिक हेरिएको छ। एक महिनाअघि सार्वजनिक ‘छोरीको शिर आमा’ लाई युट्युवमा ६१ लाख पटक हेरिएको छ। विष्णुको गीत १२ लाख बढी भ्युजले अगाडी छ।
‘पुतलीको भट्टी’ भाग २१ रहेको गीतमा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ। यो गीतमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन्। सार्वजनिक गीतमा मोडल ललिता पौडेलको अभिनय छ।


































Discussion about this post