Nirvik Khabar

नवलपुर टप: गैँडाकोट नमूना माविका आर्युष श्रेष्ठको ३.९६ जिपिएसहित शानदार सफलता

Advertisements
Single Page Long - 2

गैँडाकोट- गैँडाकोट नमूना माविका विद्यार्थी आर्युष श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए हासिल गर्दै नवलपुर जिल्लामै सर्वश्रेष्ठ नतिजा ल्याएका छन्। श्रेष्ठले विज्ञान संकायबाट यो उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।

विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपानेका अनुसार अहिलेसम्मको उपलब्ध विवरण अनुसार आर्युष श्रेष्ठ नवलपुर जिल्लाकै प्रथम विद्यार्थी रहेका छन्। उहाँले भने, “विद्यार्थीको निरन्तर मिहिनेत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणले हामीलाई यो सफलतासम्म पु¥याएको हो।”

त्यसैगरी, सोही विद्यालयका विद्यार्थी आविष्कार गिरीले ३.९५ जिपिए र आयूष घिमिरेले ३.८७ जिपिए प्राप्त गरेका छन्। ती तीनै जना विद्यार्थीले जिल्लाभरिका अन्य प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै आफ्नो प्रतिभा प्रमाणित गरेका छन्।

विद्यालयको ‘दशजोड २’ संयोजक चन्द्र केसीले उत्कृष्ट नतिजाको श्रेय विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयासलाई दिएका छन्। “हाम्रो टोलीको मेहनत र समर्पणको प्रतिफलस्वरूप प्रत्येक वर्ष झैँ यसपालि पनि गैँडाकोट नमूना माविले जिल्लामा गौरवपूर्ण उपस्थिति जनाउन सफल भएको छ,” उहाँले भन्नुभयो।

गैँडाकोट नमूना माविले विगतका वर्षहरूमा पनि लगातार उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ। यस वर्षको सफलता विद्यालयको शैक्षिक अनुशासन, समर्पित पठनपाठन र गुणस्तरीय शिक्षण पद्धतिको प्रतिबिम्बका रूपमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस