Nirvik Khabar

कसिला शब्दले थिचिएको ‘कालि पसम कि–२’

चितवन, १ साउन –
गएको बर्ष नेपाली नारीको महत्वपूर्ण पर्ब तिजमा ‘काली पसम की आमा रुदै बसम की’ बोलको नारीको बेदना छुने सृजनाबाट चर्चा पाएका सर्जक तथा कलाकार प्रेम सापकोटा ‘सोनु’ ले यो बर्ष पनी ‘कालि पसम कि–२’ सिर्जना गरेका छन् । हराउदो संस्कृति तिजमा चेलीका बेदना गीतसंगीत मार्फत कमै आइरहेको समयमा सापकोटाले सबैलाई भाबुक बनाउने शब्द संगीत सृजना गर्दै बजारमा गीत सार्वजनिक गरेका छन् ।

खुसी हुन्छौ होला आमा देख्दा मलाई ज्यूदो,
फेरी रुन्छौ होला , हेर्दै मेरो सिउदो ।।

माईतघरबाट अर्कैको घरमा बिदाई गरेर पठाएकी चेली श्रीमानकै अभाव तथा परिवारको संघर्षमा लागेकी छोरीको पिर ब्यथा एउटी आमाले कसरी लिने गर्छिन भन्ने कुराको मुख्य कुरा गीतको भावले दर्शाएको छ ।  माईतमा खुसीसाथ हुर्केकी छोरी अर्काको घरमा कर्मगर्न पुग्दा भोगेको संर्घषको कथा कसिलो तरिकाले प्रस्तुत भएको छ । नारीले तीजको समय बेदनाको पोको फुकाउने बखत माईतमा छोरीले सुनाएको दर्दनाक कहानी गीतमा प्रस्तुत छ ।

काली पसम की आमा, रुदै बसम की ।

सन्तानको पिरमा बाबाआमा र माईतघरको पिरमा चेली हुन्छन् भन्ने बिषय पनी उत्तिकै गहन छ । एउटी चेलीले सानै उमेरबाट कर्मघरमा संघर्ष गर्दागर्दै नसकेपछी अन्तिम बिकल्पको रुपमा आत्महत्या गर्न समेत बिवस छन् भन्ने संकेत सम्म गीतले दिएको छ ।

प्रेम सापकोटा ‘सोनु’को सब्द संगीतमा रहेको गीत मा शान्तिश्री परियारले आवाज दिएकी छन् । उनले गीत रेर्कडकै क्रमममा फेसबुक स्टाटस समेत लेखेकी थिईन ,”हरेक बर्ष मलाई रुवाउने किन होला ?यति सारो शब्द पनी लेख्ने।”  उनी रेर्कडकै क्रममा भाबुक बनेकी थिईन । शब्द संगीत र स्वरले सजिएको गीतमा मुख्य भुमिकामा जिवन्त अभिनय दिएकी छन् मोडेल स्मारिका ढकालले ।  ‘कालि पसम कि–२’ “रुन्छ्यौ आमा रुन्छ्यौले यो बर्षपनी दर्शकश्रोताको मन जित्ने देखिएको छ । गीत प्रेम सापकोटा ‘सोनु’कै युट्युव मार्फत सार्वजनिक भएको छ । ____

 

 

 

 

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस