Nirvik Khabar

बिमल लामिछानेको नयाँ गीत ‘वारिपारि’ सार्वजनिक

Advertisements
Single Page Long - 2

काठमाडौं, असार ७ –
सर्जक बिमल लामिछानेको शब्द, संगीत र स्वरमा तयार भएको नयाँ गीत ‘वारिपारि’ सार्वजनिक भएको छ। भावनात्मक प्रेम कथामा आधारित यो गीतले दर्शक–श्रोता माझ खास अनुभूति दिने प्रयास गरेको छ।

गीतको भिडियो नारायणी नदी र बाटुली पोखरीको रमणीय परिवेशमा छायांकन गरिएको छ। रोशा फुयालको साथमा गाइएको यो युगल गीतमा प्रेम, विछोड र पुनर्मिलनको संवेदनशील कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतको संगीत संयोजन दिक्षित पौडेलले गरेका छन् भने भिडियोमा शिव कँडेल र सुमित्रा मरौतीको सशक्त अभिनय देख्न सकिन्छ। निर्देशक सागर भुसालले गीतको कथा, दृश्य र भावनालाई उत्कृष्ट समायोजन गरेका छन्।

भिडियोको छायांकन (DOP) अर्जुन महतोले गरेका हुन्। उत्पादन पक्षबाट Snapshot Production को प्रस्तुतिमा तयार भएको भिडियोमा श्रृंगारको जिम्मेवारी समिरा सुनारले सम्हालेकी छिन्। साथै, गीतको स्केच डिजाइन श्रृष्टि आचार्यको रहेको छ, जसले सम्पूर्ण भिडियोको सौन्दर्यमा थप निखार ल्याएको छ।‘वारिपारि’ बिमल लामिछानेको आधिकारिक युट्युब च्यानल Bimal Lamichhane Music मा हेर्न सकिन्छ। गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

🔗 गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस