Nirvik Khabar

सञ्जय देवकोटाको नयाँ गीत ‘आँखा जुध्यो’ सार्वजनिक

काठमाडौं – लोकप्रिय गायक तथा कार्यक्रम सञ्चालक  सञ्जय देवकोटाको आवाजमा नयाँ गीत ‘आँखा जुध्यो’ सार्वजनिक गरिएको छ। प्रेम र भावनाले भरिएको यस गीतले नेपाली संगीत क्षेत्रमा नयाँ रचना थपेको छ, जसले श्रोता तथा दर्शकहरूलाई नयाँ अनुभूति दिने विश्वास गरिएको छ।

 सञ्जय देवकोटा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन रिदम कँडेलले गरेका हुन्। अडियो उत्पादन फाइन ट्युन स्टुडियोले गरेको हो । जसमा पवन रानाभाटले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा दीप काफ्ले, प्रिन्शिका श्रेष्ठ, यज्ञ बिलास पौडेल ,अली अन्सारी, पार्वती न्यौपाने, ऋषिराम पौडेल, र सुरज न्यौपानेको अभिनय रहेको छ ।

भिडियोको निर्देशन तथा कथा अर्जुन कँडेलको रहेको छ। छायांकन सुरेश काफ्ले र आरडी दुलालले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। गीत तथा भिडियोको निर्माणमा सेन्ट्रल कलेज, क्लिअर भिजन अप्टिकल हाउस, एकोन बिल्डर्स, र डिटिएम मिडियाले विशेष सहयोग गरेका छन्।

‘आँखा जुध्यो’ सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा दर्शक र स्रोताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। गीत युट्युब लगायत विभिन्न डिजिटल माध्यमहरूमा हेर्न र सुन्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस