Nirvik Khabar

रमेश रोकाको नयाँ गीत ‘स्वर्ग’ सार्वजनिक, दर्शकको मन जित्दै

काठमाडौं — नेपाली सांगीतिक बजार दिन प्रतिदिन संगीतमय बन्दै गएको छ। नयाँ नयाँ गीतहरू सार्वजनिक भइरहेका बेला पछिल्लो क्रममा गायक तथा सर्जक रमेश रोकाको नयाँ गीत ‘स्वर्ग’ सार्वजनिक भएको छ।  भावनात्मक प्रस्तुतिमा तयार गरिएको यो गीतमा शान्ती श्री परियारदिपक कुँवरको मनछुने स्वर रहेको छ। गीतको शब्द रमेश रोकाले लेखेका हुन् भने संगीत दिपक कुँवरले तयार गरेका छन्।

गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी सरिता दानकोटीले गरेकी छन्। छायांकन हरी ढकालले र सम्पादन बिष्णु खड्काले गरेका हुन्। भिडियोलाई आकर्षक बनाउन दिपेश रोका र सरिता दानकोटीको अभिनयले थप ऊर्जा प्रदान गरेको छ। ‘स्वर्ग’ गीत रमेश रोका अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।  नेपाली संगीतप्रेमीहरूका लागि यो गीत अर्को उत्कृष्ट सिर्जना बनेको छ भन्ने अपेक्षा गरिएको छ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस