काठमाडौँ । इङ्गलिश प्रिमियर लिग लिडर लिभरपुल यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेैन पीएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
यस दोस्रो लेगमा पीएसजीले १–० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १–० को अग्रताको आधारमा समग्रमा १–१ को बराबरी भएको थियो । पीएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १–१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४–१ ले विजयी हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।































Discussion about this post