Nirvik Khabar

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाको तयारी

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फागुन पहिलो साता हुने भएको छ ।पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा फागुन ३ गते शनिबार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो ।

घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मूल आयोजक समिति, आचार्य कै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमिति गठन गरिएका छन् ।

यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, चारवटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिलगायतको प्रतिनिधित्व छ । भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ ।

वर्षभरी पोखराको पर्यटन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिने छन् ।पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभूषासहित वृहत् झाँकी र्‍याली निकालिने छ ।पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस