अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’ निर्माता तथा निर्देशकविरूद्ध प्रहरीमा उजुरी परेको छ। निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
‘उनीहरू विरूद्ध मंगलबार निवेदन परेको छ, हामी अनुसन्धान गर्दैछौं,’ एसपी अधिकारीले भने।फिल्म ‘तेलभिसा’ मंसिर ७ गते रिलिज हुने तयारीमा छ। अमेरिका बस्दै आएका शंकर र ऋचा प्रचारप्रसारका लागि यतिबेला नेपालमा छन्।अमेरिकामा बस्दै आएका नेपाली समुदायको कथामा फिल्म निर्माण गरिएको छ।
– Setopati

































Discussion about this post