Nirvik Khabar

जापानमा नयाँ बर्षमा गुञ्जिदै लोक भाका , अनाथ बालबालीकालाई सहयोग गर्ने लक्ष्य

चितवन । अंग्रेजी नयाँ बर्ष २०२५ मा जापानमा लोक दोहोरी भाका गुञ्जिने भएको छ । सामाजिक कार्यमा संलग्न ‘हाम्रो दृष्टी राम्रो दृष्टी’ जापान शाखाको आयोजनामा यस बर्ष पनि बृहत कार्यक्रम गर्ने भएको छ ।

२०२५ जनवरी १ तारिकमा आयोजना हुने कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती दिने संस्थाका बरिष्ठ उपाध्यक्ष विवेक कंडेलले जानकारी दिए । उनले भने “हामी यस पटक पनि अंग्रेजी नयाँ बर्ष २०२५ को अवसरमा बृहत कार्यक्रमको आयोजना गरेका छौं । अहिले कलाकारहरु तय भैसकेको छैन तर जापानमा लोकदोहोरीको तरङ्ग छाउने गरी नेपालबाट चर्चित कलाकारहरु ल्याउने तयारी गरिरहेको छौ ” ।

हाम्रो दृष्टी राम्रो दृष्टी’ जापान शाखाका सचिब रविन देबकोटाले हरेक बर्ष आयोजना गरिने कार्यक्रम यसपटक जापानको ओसाका कान्साईमा “गुञ्जिन्छ नेपाली लोक भाका, नयाँ बर्षमा झुम्छ ओसाका” भन्ने ब्यानरका साथ भब्य कार्यक्रम गर्न जुटेको बताए । उनले जापानमा बिशुद्ध रुपमा कार्यक्रम गरेर संकलीत रकमले नेपालमा रहेका अनाथ बालबालीकालाई सहयोग गर्ने लक्ष्य रहेको बताए । अघिल्लो बर्ष आयोजना गरेको कार्यक्रमबाट चितवनको कालिका नगरपालिका मा अबस्थीत राष्ट्रीय आधारभुत बिद्यालय मा रहेका ५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरिएको जानकारी दिए ।

एचडिआरडी बृहत सांस्कृतिक कार्यक्रममा कार्यक्रम सफल बनाउन ‘हाम्रो दृष्टी राम्रो दृष्टी’ जापान शाखाले सहयोगका लागी अनुरोध गरेको छ । शाखाले एक पत्र लेख्दै सहयोग सहित कार्यक्रममा सह प्रायोजक बन्न ५० हजार देखी १ लाख , बिषेश सहयोगीमा ३० हजारदेखी ५० हजार सम्म र सहयोगीमा १० हजार देखी ३० हजार सम्मको प्रायोजक रहन सक्ने बताएको छ ।

सहयोग गर्नेलाई मिडियाबाट र सामाजिक संजालबाट प्रचारप्रसार गरिने सम्मान पत्र र मायाको चिनोले सम्मान गरिने कार्यक्रम संयोजक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष विवेक कंडेलले जानकारी दिए ।

कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्न का लागि बिभिन्न संघसंस्थाहरू,सामाजिक व्यक्तित्वहरु र सम्रग कान्साइ बासीहरु लाइ सहयोग र साथ दिनका लागि संस्थाका अध्यक्ष गुरुदेव कंडेलले आग्रह गरेका छन् ।

‘हाम्रो दृष्टी राम्रो दृष्टी’ केन्द्र चितवन र जापान शाखले हजारौ बिधार्थीहरुको लागि शैक्षिक सामग्री, ६०० भन्दा बढि असाहय परिवारलाइ न्यानो कपडा तथा झुल वितरण , कोरोना समयमा स्वास्थ्य सामाग्री तथा राहत कर्यक्रम ३०० भन्दा बढि घरपरिवारलाइ ,ट्राफिक जनचेतना मुलक कार्यक्रम , घुम्ती सरसफाइ अभियान ६५ औ हप्ता सम्म सम्पन्न गर्नुका साथै अन्य थुप्रै कार्यक्रम हरु गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस