Nirvik Khabar

पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?

add

गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् ।सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले ‘आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?’ भन्दै पूजालाई प्रश्न गरेकी छन् ।‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ । कि त भगवानलाई थाहा छ ।’

‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ’, उनले भनेकी छन्, ‘सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’

आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् ।

पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस