Nirvik Khabar

हत्यामा संलग्न रहेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ

पर्सा- ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए ।

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।उक्त घट्नामा संलग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस