Skip to main content

Nirvik Khabar

अवैध उत्खनन गरीरहेको सात वटा टिपर नवलपुर प्रहरीको नियन्त्रणमा

Advertisements
Single Page Long - 2

गैडाकोट- नारायणी नदीमा अवैध तरिकाले नदी उत्खनन गरिरहेका सात वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । गैडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्याट विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले ७ वटा टिप्पर गएराति नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले नारायणी नदीबाट लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका टिप्परहरुलाई गैडाकोट नगरपालिकाको जिम्मा लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस