Skip to main content

Nirvik Khabar

‘बेहुली फ्रम मेघौली’ को फर्स्टलुकमा स्वस्तिमा

Advertisements
Single Page Long - 2

फिल्म ‘बेहुली फ्रम मेघौली’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका निर्माता एवं मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत फर्स्टलुक सार्वजनिक गरेका हुन्।

फर्स्टलुकमा अभिनेत्री स्वस्तिमालाई मात्र प्रस्तुत गरिएको छ। उनी ट्याक्टरमा चढेर कसैलाई पिछा गरिरहेको देख्न सकिन्छ। ट्याक्टरको ह्याण्डिल समाएर उभिएकी उनले हातले कोहीतर्फ देखाइरहेको पोस्टरमा देखिन्छ। निश्चल र स्वस्तिमाको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्ममा उनीहरूसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको पनि अभिनय छ।

साजन काफ्ले र आकाश बरालले फिल्मको लेखन एवं निर्देशन रहेको फिल्म ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो। शंकर पाण्डे र फिरोज खड्का यसको कार्यकारी निर्माता हुन्।विवाहको कथा भन्ने यो फिल्म यही वर्षको दसैंमा रिलिज हुनेछ।

behuli-from-meghauli-poster-1717305600.jpg
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस