काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामासत्ता गठबन्धन र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। उनले संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग कडा टक्कर दिएका हुन्।
सोमबार बिहानसम्म ९ हजार ३७० मत गणना हुँदा एमालेका सुवेदीले ३३ सय २४ मत ल्याएका छन् भने गठबन्धनकी रेणुले ३३ सय ६ मत पाएकी छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा १८ मतमा अन्तर देखिएको छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ सय ८७ मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले विस्तारै पछाडि पार्दै गएका हुन्। आइतबार उनीहरुबीच कडा टक्कर भएको थियो। सोमबार बिहान आइपुग्दा रेणुको मत फेरि बढ्दै गएको छ।भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ। दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन्। वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ।
भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ उनले तीन हजार ६ सय ८८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ दुई हजार ६५० मतसहित उनलाई पछ्याइरहेकी छन्।
Discussion about this post