Nirvik Khabar

सोलुखुम्बुमा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गयो

साेलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा ३५ वर्षका सुदीप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मत खसाल्न ल्याएको तर मतदान पछि घर पुर्याउन बेवास्ता गरेको विवादमा झडप हुँदा घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस