Nirvik Khabar

कञ्चनपुरको पुनर्वासमा फर्जी मतको विवादपछि मतदान स्थगित

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराएको भन्दै विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ ।

पुनर्वास नगरपालिका वडा नं १० को विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराइएको विवादपछि मतदान स्थगित गरिएको हो । पुनर्वासका निर्वाचन अधिकृत कीरण जोशीका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरूले आपसमा फर्जी मतदान गराएको आरोप लगाएका थिए ।

भारतमा रहेका नेपाली कामदारहरूको नाममा गाउँमै रहेकाहरूले मतदान गरिदिएको उनीहरूको आरोप थियो । निर्वाचन अधिकृत जोशीले उक्त आरोपबारे छानबिन भइरहेको जनाए । साथै अहिले उक्त केन्द्रमा मतदान रोकिएको छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस