Nirvik Khabar

जाजरकोट भूकम्पबाट २६ हजार ५२० घर पूर्ण ध्वस्त, ३५ हजार ३९१ घरमा आंशिक क्षति

;'v]{t !* sflQsM e"sDkn] elTsPsf 3/ hfh/sf]6df /fdL8fF8f s]G› ljGb' agfP/ z'qmaf/ /flt cfPsf] e"sDkn] e]/L gu/kflnsf–# 7fF6Lahf/df elTsPsf 3/ . tl:a/M ;'/]z cfrfo{÷/f;;

काठमाडौं, कात्तिक २२-

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ ।गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो ।

विवरण आउने क्रम जारी रहेकोले क्षति भएका घरको संख्या अझ बढ्ने जनाइएको छ । शाखाका अनुसार जाजरकोट भूकम्पले २६ हजार ५२० घरमा आंशिक क्षति गरेको छ भने २६ हजार ५२० घरमा पूर्ण क्षति गरेको शाखाले जनाएको छ ।भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम गरी १३ जिल्लामा असर गरेको थियो ।

शाखाका अनुसार भूकम्पले सबैभन्दा ठूलो जनधनको क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ ।जाजरकाटेमा २४ हजार ७०७ घरमा आंशिक र ९ हजार ७९४ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ ।

शाखाले उपलब्ध गरेको विवरणअनुसार रुकुम पूर्वमा १८२ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति, सल्यानमा ४१८ घरमा आंशिक र १२९ घरमा पूर्ण, रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति गरेको छ ।यस्तै, नवलपरासी पूर्वको एक, दैलेखको एक, दाङको सात र प्युठानको ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । दैलेखको एक, बैतडीको एक, जुम्लाको पाँच र कालिकोटको एक घरमा पूर्ण क्षति गरेको छ ।भूकम्पले संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए । भूकम्पका कारण विभिन्न जिल्लामा १४ वटा सरकारी भवन भत्केको शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस