Skip to main content

Nirvik Khabar

रिगलको आममाफीविरुद्धको रिट श्रेष्ठ, भट्टराई र रेग्मीको पूर्ण इजलासमा

Advertisements
Single Page Long - 2

काठमाडौं– बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई भइरहेको छ ।

रिट सुनुवाइका लागि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेको पूर्ण इजलासमा पेशी तोकिएको हाे।

रिगलको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले दायर गरेको रिटमाथि सर्वोच्चले बिहीबार दोस्रो सुनुवाइ गर्न लागेको हो।

आफ्ना श्रीमानको हत्या आरोपीलाई उन्मुक्ति दिएपछि चेतन पत्नी मानन्धरले सर्वोचमा रिट हालेकी थिइन् । उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै गत बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस